कर्णाली प्रदेशसभा बैठक बस्दै

सहयात्रा टिभी

सुर्खेत । असार १७, कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बिहीबार स्थगित भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेका थिएन ।

बजेट संशोधन नभएसम्म संसद अवरुद्ध जारी राख्ने एमालेले चेतावनी दिएको छ । संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन।

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्