केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौँ । असार १७, आइतबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्