एक वर्षसम्म कांग्रेस केन्द्रीय समिति बैठक नियमित बस्न सकेन

सहयात्रा टिभी

काठमाडौँ । असार १७, विधानतः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ ।

विधान अनुसार केन्द्रीय समिति बैठक नियमित बस्दै आएको भए महाधिवेशन पछि दशपटक बैठक बस्नुपर्ने बेला भइसक्यो ।

कांग्रेसमा महाधिवेशन र महासमिति बैठक पछिको सर्वोच्च निकाय केन्द्रीय समितिमा आफ्नो धारणा राख्न नपाउँदा केन्द्रीय सदस्यहरुको औचित्य र भूमिकालाई नेतृत्वले बेवास्ता गरेको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

महाधिवेशन सकिएपछि भएका दुई बैठकमा मात्रै केन्द्रीय सदस्यले धारणा राख्न पाएका छन् । अरु तीन बैठक औपचारिकता लागि बोलाइएको थियो । जसमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बसेको थियो ।

 

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्