केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेट बारे एमालेद्धारा नाराबाजीपछि लुम्बिनी प्रदेशसभा वैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार १७, बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

अर्थमन्त्री धनबहादुर मास्कीले वैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरे लगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् । सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

सभामुख तुलाराम घर्तीले भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे । यसअघि असार १० गते बस्ने भनिएको वैठक १३ गते आइतबारको लागि आह्वान गरिएको थियो ।

 

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्