केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णालीमा एमालेसँग ७ बुँदे सहमति पछि प्रदेशसभाको अवरोध हट्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १७, कर्णालीमा  सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएपछि प्रदेशसभाको अवरोध हटेको छ ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय भएपछि एमाले प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो ।

यसअघि एमालेले बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँभन्दा कम रकमका योजनामा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने सहमति भएको छ ।

 

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्