केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेस्रो दिन पनि सेयर बजार उच्च अङ्‍कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १८,  सेयर बजार परिसूचक नेप्से आज पनि उच्च अङ्‍कले घटेको छ ।

नेप्से आज पनि दाेहाेराे अङ्कले घटेकाे छ । हिजाे आइतवार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

यो १.०२ प्रतिशतको गिरावट हो । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।

आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डकाे शेयर सबैभन्दा धेरै  झन्डै नौ प्रतिशतले घटेको छ ।

प्रकाशित : 3 July, 2023

प्रतिक्रिया दिनुहोस्