ललितानिवास प्रकरणमा संगठित अपराधको कसूरमा पनि अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार १९, नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान सुरु  भएको जनाएको छ ।

उनीहरुले सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जना विरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो ।

सीआईबी ब्यूरोका एक अधिकृतका अनुसार उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिन को म्याद दिएको छ ।

म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना छन् ।

 

 

प्रकाशित : 4 July, 2023

प्रतिक्रिया दिनुहोस्