गायक रोविनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान

सहयात्रा टिभी

काठमाडौं । असार २०, गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेका छ ।

मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तामाङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

तामाङको निधनका बारेमा अनुसन्धान भईहरहेको बुढानिलकण्ठ प्रहरीले जनाएको छ । गायक तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार गायकको शव भेटिँदा कोठाको ढोका भित्रबाट लागेको थियो ।

घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीको भनाई छ ।

प्रकाशित : 5 July, 2023

प्रतिक्रिया दिनुहोस्