अदालतद्धारा हर्कलाई खानेपानी बोर्डको अध्यक्ष बनेर काम गर्न बाटो खुला

काठमाडौं । असार २०, उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको हो ।
हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
बुधबार न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई अध्यक्षकै रुपमा काम गर्ने बाटो खोलिदिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।