कारागारभित्र कैदीले गरे आत्महत्या

सहयात्रा टिभी

बाँके । असार २१, बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । प्रजिअ आर्चायले घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको बताए । उनले आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

प्रकाशित : 6 July, 2023

प्रतिक्रिया दिनुहोस्