अनुदान कटौतीविरुद्ध स्थानीय जनप्रतिनिधिले आज सिंहदरबार घेर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार २२, स्थानीय तहका जनप्रतिनिधिले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने भएका छन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस वर्षदेखि कटौती गरेपछि त्यसविरुद्ध जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाले बताए ।

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्