शुक्रबार पनि संसद अवरुद्ध, सभामुख घिमिरेद्धारा छलफल जारी

काठमाडौं । असार २२, नेकपा एमालेले शुक्रबार पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।
यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् ।
सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल राखेका हुन् । यता प्रधानमन्त्री प्रचण्डले आजै आफ्नो अभिव्यक्तिबारे विवाद भएपछि संसदमा जवाफ दिने तयारी गरेका छन् ।
बिहीबार बसेको सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्री प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।