सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । असार २२, नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्