आइतबार सम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । असार २२, आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

 

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्