युनिसेफले नेपाललाई अनुदान गराएको सिरिन्ज प्रयोग गर्न नमिल्ने

काठमाडौं । असार २२, सरकारले अनुदानमा प्राप्त गरेको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिलेपछि धमाधम फिर्ता ल्याउन थालिएको छ ।
कोरोना महामारीकालमा युनिसेफले नेपाललाई अनुदानमा उपलब्ध गराएको ०.५ एमएलको ४६ लाख २९ हजार ५०० सिरिन्ज विभिन्न जिल्लाबाट फिर्ता गर्न थालिएको हो ।
पथलैया स्टोरमा ७ लाख २० हजार सिरिन्ज सङ्कलन गरी भण्डारणमा राखेको जनस्वास्थ्य निरीक्षक सञ्जय साहले जानकारी दिए ।
खोप दिँदा सिरिन्जले तान्न नसक्ने, तान्दा चुँडिने, खोप चुहिने समस्या देखिएकाले प्रयोग गर्र्न समस्या भएपछि त्यस्ता सिरिन्ज संकलन भइरहेको व्यवस्थापन महाशाखा अन्तर्गत खोप भण्डारण शाखा प्रमुख निशा पराजुलीले बताइन् ।
खोप भण्डारण शाखाका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पठाइएको प्रयोग गर्न नमिल्ने सिरिन्ज संकलन कार्य ५० प्रतिशत सकिएको छ । यसरी संकलन गरिएको सिरिन्ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ ।