हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य
सहयात्रा टिभी
काठमाडौं । असार २२, साउन १ / २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।
आर्थिक ऐन २०८० ले यस्तो प्रावधान गरेको थियो । यस प्रावधानलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय, भन्सार विभागले सबै पैठारीकर्ता र बजार वितरकलाई सूचित गरेको छ ।
विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार बजारमा आउने हरेक वस्तुको उत्पादन भएको मुलुक र यसको वितरणकर्ताबारे उपभोक्तालाई जानकारी होस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट यस्तो लेबल अनिवार्य गरिएको हो ।