१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो

सहयात्रा टिभी

काठमाडौं । असार २२, नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै सकिएको छ ।

बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जनाएका छन् ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए ।

ती विषयहरुलाई केन्द्रीय समितिको बैठकमा उठाउने वचन दुई महामन्त्रीले दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

जिल्ला सभापतिहरुसँग निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने र त्यहाँ जिल्ला सभापतिहरूले त्यो ग्रुपमा आफ्ना गुनासो राख्ने निर्णय भेलाले गरेको छ ।

 

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्