डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

सहयात्रा टिभी

दिपायल । असार २३, डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रकाशित : 8 July, 2023

प्रतिक्रिया दिनुहोस्