नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौँ । असार २४, आज आइतबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो ।
आइतबार होटल तथा पर्यटनमा लगानीकर्ता बढी आकर्षित भएको देखिएको छ । यो उपसूचकको वृद्धि ४.६३ प्रतिशत देखिएको छ । त्यस्तै, व्यापार उपसमूह पनि उच्च अंकले बढेको छ । यो उपसूचकका कम्पनीहरुको सेयर ४.०१ प्रतिशतले वृद्धि भएको हो ।
आइतबार २८५ धितोपत्रको ६४ हजार ४४९ कारोबारबाट ६९ लाख ७५ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ । आइतबार २ अर्ब ५६ करोड २६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार माथिल्लो तामाकोशीका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै गुमाए । यो धितोपत्रको मूल्य ६.६५ प्रतिशतले घटेको छ । बीपीडब्यू लघुवित्त, लिबट्री इनर्जी, जोशी हाइड्रोपावरसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।