प्रिओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । असार २५, प्रिओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । योसँगै सूचक २०८१.७५ विन्दुमा पुगेको छ ।
सेसन अवधिमा २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । जसमा २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।