सुन र चाँदीको मूल्य स्थिर
सहयात्रा टिभी
काठमाडौँ । असार २५, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन र चाँदीको मूल्य सामान्य रहेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ । यसै मूल्यमा आइतबार समेत कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्यमा समेत थपघट भएन । सोमबार १ हजार ३९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आइतबार समेत यसै मूल्यमा चाँदीको कारोबार भएको थियो ।