के प्रतिपक्षले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो : प्रचण्डद्धारा प्रश्न

सहयात्रा टिभी

काठमाडौँ । असार २५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।

सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिएका छन् । त्यस क्रममा उनले एमालेलाई सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा रु के त्यही स्तरको हो त्यो ९मेरो अभिव्यक्ति० रु’

प्रचण्डले अगाडि सोधे, ‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ?किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन ।’

‘यही हो लोकतान्त्रिक विधि र परम्परा ? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’

 

प्रकाशित : 10 July, 2023

प्रतिक्रिया दिनुहोस्