अभिनेता रमेश उप्रेती ‘कोतपर्व’को शीर्ष भूमिकामा अनुबन्धित

सहयात्रा टिभी

काठमाडौँ । असार २५, फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । निर्माता र अभिनेता उप्रेतीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

चार वर्षअघि रिलिज भएको ‘ऐश्वर्य’पछि रमेशको यो कमब्याक फिल्म हो । ‘मैले कोतपर्वको इतिहासबारे पढेको छु ।

मैले गर्न लागेको भूमिका निकै महत्वपूर्ण छ,’ रमेशले चरित्र चित्रणबारे भने, ‘पक्कै पनि यो रोल चुनौतीपूर्ण हो । यसका लागि हामी गृहकार्य गर्नेछौं ।’
रमेशले हालै सविन तोलांगीले निर्देशन गर्न लागेको एक अनटाइटल एक्सन फिल्म समेत साइन गरेका छन् ।

 

 

प्रकाशित : 10 July, 2023

प्रतिक्रिया दिनुहोस्