सोलुखुम्बुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सहयात्रा टिभी

काठमाडौं । असार २६,  मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित : 11 July, 2023

प्रतिक्रिया दिनुहोस्