नेप्सेमा एकल अंकको सामान्य गिरावट
काठमाडौं । असार २६,सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ ।
मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।
विकास बैंक उपसूचक ३.४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २.९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको हो ।
मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।
यता सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९६ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५.६९ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।