नेपाल रेडक्रस सोसाइटीको निर्वाचन स्थगित

काठमाडौं । असार २६, नेपाल रेडक्रस सोसाइटीले निर्वाचनका कार्यक्रम स्थगित गरेको जानकारी प्राप्त भएको छ ।
असार २७ र २८ का लागि तोकिएको निर्वाचन अदालतको आदेश अनुसार रोकिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीलाई पत्र लेखेर निर्वाचन गर्न आदेश दिएको थियो । प्रशासनको पत्र अनुसार निर्वाचन गर्ने तयारीमा संस्था रहेको थियो ।
निर्वाचनको विरुद्धमा रेडक्रसका आजीवन सदस्य इश्वरीप्रसाद दाहालले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
अदालतले २७ र २८ गते गर्ने भनिएको निर्वाचनका काम कारबाही हाल जुन अवस्थामा रहेको छ, यथास्थितिमा राख्न सोमबार आदेश दिएको छ ।