प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

सहयात्रा टिभी

काठमाडौँ । असार २७, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि अस्वस्थ सीता दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, स्वर्गीय सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने माओवादी सचिवालयले जनाएको छ । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट लामो समयदेखि पीडित थिइन् ।

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्