राष्ट्रियसभा बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार २७, संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार अर्को बैठक भोलि बिहान १० बजे बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो ।

यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्