सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा

सहयात्रा टिभी

काठमाडौँ । असार २७, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने माओवादी सचिवालयले जनाएको छ ।

यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिक अस्पताल परिसरमा राखिएको थियो । नर्भिकमा दलका शीर्ष नेताहरु, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।

स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ । हृदयघात भएपछि आज बिहान नर्भिकक अस्पताल लगिएकी सीताको उपचारकै क्रममा बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी०’ बाट लामो समयदेखि पीडित थिइन् ।

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्