पाकिस्तान तथा जापानमा बाढीका कारण १० को मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । असार २७, पाकिस्तान तथा जापानमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले जनाएको छ । बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ ।

त्यस्तै जापानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोमा ४ जनाले ज्यान गुमाएको र ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ ।

बाढी र पहिरोमा परी १९ जना घाइते भएका छन् । जापानको दक्षिणपश्चिम क्युसु क्षेत्र बाढीले प्रभावित भएको छ ।

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्