दिवंगत दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

सहयात्रा टिभी

काठमाडौँ । असार २७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले दिवंगत दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बैठकले प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र शुभेच्छुकप्रति सरकारका तर्फबाट समवेदना पनि व्यक्त गरेको छ ।

 

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्