अन्त्येष्टिका लागि सीता दाहालको शव आर्यघाटमा

सहयात्रा टिभी

काठमाडौँ । असार २७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।

दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

 

 

 

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्