लक्ष्मण रिजालको फिल्म ‘काजी’मा वर्षा सिवाकोटी अनुबन्धीत

सहयात्रा टिभी

काठमाडौँ । असार २७, लक्ष्मण रिजालको निर्देशनमा रोमान्टिक(सोसल ड्रामा फिल्म ‘काजी’ मा वर्षा सिवाकोटी अनुबन्धीत हुने भएको छ ।

आगामी सेप्टेम्बरदेखि बेलायतमा छायांकन हुने यो फिल्मको रिलिज मिति वैशाख १ गतेलाई तय गरिएको छ । फिल्म ‘गणपति’को रिलिजअघि नै निर्माताले बुधबार नयाँ फिल्मको घोषणा गरेका हुन् ।

शीर्ष अभिनेता तय भइनसकेको फिल्ममा वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की कलाकारको रुपमाअनुबन्धीत भएका छन् । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने यो फिल्म सन् २०१२/०१३ को बेलायती परिवेशमा छायांकन गर्ने तयारी छ ।

 

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्