सुन र चाँदीको मूल्य बृद्धि, तोलामा कती?

सहयात्रा टिभी

काठमाडौं । असार २८, बिहीबार सुन र चाँदीको मूल्य बृद्धि भएको जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको जानकारी प्राप्त भएको छ ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।

 

प्रकाशित : 13 July, 2023

प्रतिक्रिया दिनुहोस्