मन्त्री मोदीद्धारा संघीय निजामती ऐन छिट्टै ल्याउने प्रति बद्धता
सहयात्रा टिभी
काठमाडौं । असार २८, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने प्रति बद्धता व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताए ।
मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एक लाख ३७ हजार कर्मचारीमध्ये सङ्घ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए ।