टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज मृत भेटिए

सहयात्रा टिभी

काठमाडौं । असार २९, त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो । घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरी स्रोतले अनलाइनखबरसँग बताएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्