भारतमा हिन्दी भाषामा नेपाली चलचित्र ‘परस्त्री’ प्रदर्शन हुदै

सहयात्रा टिभी

काठमाडौं । असार २९, नेपाली चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।

नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको  जानकारी दिएका छन् ।

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् ।

निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको यस चलचित्रलाई काठमाण्डौमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

 

 

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्