सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार ३०, सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा एकमत नहुँदा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै असन्तुष्ट छन् ।

कांग्रेस बाहेकका सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन् । असन्तुष्ट सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रकाशित : 15 July, 2023

प्रतिक्रिया दिनुहोस्