परराष्ट्र मन्त्री साउद आज थाइल्याण्ड जाँदै

सहयात्रा टिभी

काठमाडौँ । असार ३१, परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

मन्त्री साउदसहितको टोली आज दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछ । मन्त्री साउदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित : 16 July, 2023

प्रतिक्रिया दिनुहोस्