केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिओनल मेसीले क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध

सहयात्रा टिभी

काठमाडौँ । असार ३१, अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् ।

३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’

इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।

 

प्रकाशित : 16 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्