काभ्रेको रोशी खोलामा पुरुषको शव फेला

सहयात्रा टिभी

काभ्रे । असार ३१, जिल्लाको रोशी गाउँपालिका वडा नं ७ र नमोबुद्ध नगरपालिका वडा नं ५ को सीमास्थित रोशी खोलामा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार असार ३० गते (शनिबार) साँझ ५ : ३५ को समयमा रोशी गाउँपालिका वडा नं ९ का गोपी भनिने मिनबहादुर विकको शव रोशी खोलामा फेला परेको हो । मानसिक रोग भएका उनी केही महिनादेखि घरबाट हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, मृतकको आफन्त सम्पर्कमा आइसकेको छ । शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 July, 2023

प्रतिक्रिया दिनुहोस्