केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इमर्जिङ टिम्स एसिया कप क्रिकेट: आज भारतसँग खेल्दै नेपाल

सहयात्रा टिभी

काठमाडौं । साउन १, श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो । पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो । नेपाल आज पहिलो जितका लागि मैदान उत्रने छ ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो । इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ देश सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । यो प्रतियोगितामा अन्य देशले युवा खेलाडीलााई अवसर दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । प्रतियोगिताका खेललाई एक दिवसीय मान्यता दिइने छैन ।

प्रकाशित : 17 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्