सुनको मूल्य ३०० रुपैयाँले वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । साउनख २, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित : 18 July, 2023

प्रतिक्रिया दिनुहोस्