कांग्रेस रुपान्तरण अभियानले प्रतिवेदन बुझायो

सहयात्रा टिभी

काठमाडौं । साउन २, नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएको जानकारी प्राप्त भएको छ ।

अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने ।

पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।

प्रकाशित : 18 July, 2023

प्रतिक्रिया दिनुहोस्