गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितद्धारा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । साउन २, मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छन् ।

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

सो प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।

समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।

 

 

प्रकाशित : 18 July, 2023

प्रतिक्रिया दिनुहोस्