केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी इमर्जिङ कप : आज नेपालले युएईसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

कोलम्बोस्थित पिसारा ओभल खेल मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुने आफ्नो अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरिसकेकाले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए र दोस्रो खेलमा भारत ए सँग पराजित भएको थियो । यस्तै युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित : 19 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्