केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

एशिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर चारमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित : 20 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्