केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।

यस्तै आजै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ ।
यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने छ ।

प्रकाशित : 20 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्