केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप सुरु हुनुअघि अकल्यान्डमा गोली प्रहार

सहयात्रा टिभी

अकल्यान्ड । साउन ४, फिफा महिला विश्वकप सुरु हुन केही घन्टा अगाडि न्युजिल्यान्डको अकल्यान्ड सहरको केन्द्रमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । एक जना प्रहरीसहित छ जना घाइते पनि भएका छन् ।

बीबीसीका अनुसार त्यस घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । सहरको केन्द्रीय व्यावसायिक क्षेत्रमा यो घटना भएको हो । न्युजिल्यान्डका प्रधानमन्त्री त्रिस हिपकिन्सले पूरा घटनाक्रमको आतंकवादसँग सम्बन्ध नभएको बताएका छन् । उनले पूर्व कार्यक्रम अनुसार नै विश्वकपका खेल हुने पनि बताएका छन् ।

प्रकाशित : 20 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्