केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलंकामा एसिया कप खेल्न नेपाल क्रिकेट टिमको विशेष तयारी

सहयात्रा टिभी

काठमाडौं ।  साउन ५,  पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले भनेको छ ।

उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । अहिले उतै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने उनले बताए ।

 

 

 

 

 

 

प्रकाशित : 21 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्